काठमाडौं । सोमबार झिनो अंकले बढेको शेयर बजार मंगलबार १४.०८ अंकले घटेको छ ।
आज ३१५ कम्पनीका १ करोड ६९ लाख १७ हजार ८३५ कित्ता शेयर खरिद बिक्री बाट ८ अर्ब ९१ करोड ९६ लाख ९७ हजार ७७५ रुपैयाँमा कारोबार भएको छ।
आज जलविद्युत् र अन्य उपसमूहबाहेक अन्य उपसमूह घटेको छ।
आज जोशी हाइड्रोपावर डेभलपमेन्ट बैंकको ९ दशमलव ९८ प्रतिशत, मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको ८ दशमलव २५ प्रतिशत, न्यादी हाइड्रोपावर लिमिटेडको ८ दशमलव १९ प्रतिशत, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको ८ दशमलव १२ प्रतिशत र कालिका पावर कम्पनीको शेयर मूल्य ८ दशमलव ०५ प्रतिशतले बढेको छ।