काठमाडौं । युगान्डामा जारी वुमन्स डे टी–२० कपमा नेपाली टिमले चौथो हार बेहोरेको छ । प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा नेपाल युगान्डासँग ४० रनले पराजित भएको हो । हारसँगै नेपालको फाइनल खेल्ने सम्भावना सकिएको छ ।
युगान्डाले दिएको ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७।१ ओभरमा ५१ रनमा अलआउट भयो । कविता जोशीले सर्वाधिक १२ रन बनाइन् भने कप्तान इन्दु बर्माले ११ रन बनाइन् । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।