काठमाडौं । सोमबार पनि सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक १४.५३ अंकले घटेर २६४७.०७ विन्दु कायम भएको हो।
आज ३२७ कम्पनीको दुई करोड ३६ लाख ८९ हजार ७१ कित्ता शेयर ७६ हजार ९९८ पटक खरिदबिक्री हुँदा आठ अर्ब ९१ करोड २८ लाख ४३ हजार ९१९ रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबार रकमका आधारमा ङादी ग्रुप पावर अग्रस्थानमा छ। यस कम्पनीको सेयर ७० करोड ९४ लाख रुपैयाँमा खरिद बिक्री भयो। यसैगरी दोस्रो र तेस्रो स्थानमा क्रमशः राधी विद्युत कम्पनी र युनिभर्सल पावर कम्पनी परेका छन्।


