काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले संविधानमा भएका कमीकमजोरी सुधार गर्नुपर्नेमा जोड दिएका छन् । उनले सोमबार बीपी कोइराला सोसलिस्ट इन्टरनेसनलले प्रकाशित गरेको ‘बीपीको समाजवाद र स्थानीय सरकार’ नामक पुस्तक विमोचन तथा अन्तर्क्रियामा यस्तो धारणा ब्यक्त गरेका हुन् ।
“संविधानमा भएका कमीकमजोरीलाई सुधार गरेर जानुपर्छ । आफ्ना कमीकमजोरी सुधार नगर्ने, गणतन्त्र कमजोर भयो भनेर विश्लेषण गरेर बसेर हुँदैन,” डा.कोइरालाले भने, “गणतन्त्र खतरामा परेको छैन ।”


