काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकार शिक्षकहरूको मागप्रति अनुदार भएको आरोप लगाएका छन् ।
पूर्व अर्थमन्त्री समेत रहेका उनले मंगलबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो आरोप लागाएका हुन् ।
उनले आफूहरूले नै विधेयक सदनमा ल्याएको भन्दै अहिले आफूहरू समर्थन गर्न पनि तयार रहेको बताए। सरकारले शिक्षकहरूप्रति अनुदार मन्त्री ल्याएको आरोप लगाउँदै सार्वजनिक महत्वको प्रस्तावमा समेत छलफल गर्न तयार नभएको बताए ।


