काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरूले गरेको योगदानबारे जनतालाई बुझाउनुपर्नेमा जोड दिएका छन् । पूर्व प्रधानमन्त्री उनले शनिबार काठमाडौंमा कांग्रेसका नेता तथा स्याङ्जाका पूर्वसभापति एवं पूर्व सांसद स्वर्गीय खगेन्द्रराज रेग्मीको प्रथम स्मृतिसभालाई सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन् ।
उनले नेताहरुले छाडेर गएका बाँकी कामहरुलाई सबै मिलेर पुरा गर्नुपर्ने धारणा राखे । सभापति देउवाले स्वर्गीय नेता रेग्मी पार्टीमा समर्पित भएर काम गर्ने व्यक्ति भएको स्मरण गरे।


