काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार पनि नेप्सेमा झिनो गिरावट आएको छ । आज धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले घटेको हो ।
आज आठ अर्ब ५० करोड रुपैयाँमा सेयर खरिद–बिक्री भएको नेप्सेले जनाएको छ ।
१०० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १४५ कम्पनीको सेयर मूल्य घटेको छ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य स्थिर छ । आज ओम मोगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य १० प्रतिशत र छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।