काठमाडौं । मंगलबार पनि सेयर बजार दोहोरो अंकले घटको छ । आजनेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.८७ अंकले घट्दै २,६३४.२३ विन्दुमा झरेको हो ।
आज दुई करोड १२ लाख ८२ हजार २३१ कित्ता सेयर किनबेचबाट नौ अर्ब ६३ करोड ४८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
कारोबारमा रहेका कम्पनीमध्ये ७७ कम्पनीको मूल्य बढेको छ । १६८ कम्पनीको घटेको र एक कम्पनीको मूल्य स्थिर देखिएको छ ।
नेप्सेमा क्रेष्ट इनर्जी र ओम मेगा इनर्जीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ ।