काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैले मिहिनेत गर्ने हो भने आगामी ०८४ को निर्वाचनमा एमालेको एकल बहुमत आउनसक्ने दावी गरेका छन् ।
उनले सोमबार नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशन उद्घाटनका क्रममा यस्तो जिकिर गरेका हुन् ।
समानुपातिकसहितको विद्यमान परिपाटीबाट साधारणतया कुनै एक दलको बहुमत आउन गाह्रो भए पनि एमालेको एकल बहुमत आउन असम्भव नरहेको उनले दाबी गरे ।
संविधानमा समानुपातिकको व्यवस्था गरिसकेकाले अहिलेलाई यही प्रणालीभित्रबाट एमालेलाई एकल बहुमतको पार्टीका रूपमा विकसित गर्ने गरी तयारी गर्नुपर्ने उनले बताए ।


