काठमाडौं । सरकारले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा वैशाख २२ गतेदेखि छलफल सुरु हुने भएको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले सरकारको नीति कार्यक्रममाथि वैशाख २२ देखि २८ गतेसम्म छलफल गर्ने र जवाफ दिने कार्यसूची तय भएको जानकारी दिए । त्यस्तै नीति तथा कार्यक्रममाथि संशोधनका लागि वैशाख २० र २१ गते कार्य व्यवस्था शाखामा संशोधनको सूचना दिन सकिने उनले बताए ।


