काठमाडौं । आज एकैदिन चारवटा संसदीय समितिको बैठक बस्दैछ।
आज अर्थ समिति, सार्वजनिक लेखा समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको संसद् सचिवालयले जनाएको छ ।
अर्थ समितिको बैठक सिंहदरबारमा बिहान ११ बजे बस्दैछ । उक्त बैठकमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयसम्बन्धी छलफल हुने कार्यसूची छ ।
प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा समितिमा प्राप्त उजुरीउपर छलफल हुनेछ।
यस्तै, राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः३० बस्नेछ। बैठकमा विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता पूर्वबजेटका सम्बन्धमा छलफल हुने कार्यसूची छ। अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका प्रतिनिधिबीच छलफल हुनेछ।
संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्नेछ।बैठकमा विपद् व्यवस्थापन ९विपद् न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभ० का सम्बन्धमा भएका कामकारबाहीबारे छलफल हुँदैछ। बैठकमा विपद् जोखिम न्यूनीकरणका लागि तयारी तथा भावी कार्ययोजना सम्बन्धमा र विविध विषयमा छलफल हुने कार्यसूची छ।


