काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफ्नो जापान भ्रमण उपलब्धिपूर्ण रहेको बताएकी छन् । उनले गएराति नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग यस्तो बताएकी हुन् ।
उनले जापानका विदेशमन्त्री इवाया ताकेसीसँग टोकियोमा भएको द्विपक्षीय भेटमा नेपाल–जापान सम्बन्ध, आपसी हितका विषय र साझा चासोका मुद्दाहरूमा गहन छलफल भएको बताइन् । साथै, जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी (जाइका) का अध्यक्ष डा तानाका अकिहिकोसँगको भेटमा मन्त्री डा राणाले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा लामो समयदेखि पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरिन् । जाइका सहयोगमा सञ्चालित तथा सम्पन्न परियोजनाहरुका बारेमा समेत विस्तृत छलफल भएको उनले बताइन् ।


