काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले आज दिउँसो २ बजेका लापग पार्टी सचिवालय बैठक बोलाएका छन् ।
उक्त बैठकमा बैठकमा पार्टीको गतिविधि, समसामयिक राजनीति, सरकारको कामकारबाहीलगायत विषयमा छलफल हुने बताइएको छ । यसका साथै बैठकमा सरकारले जेठ १५ गते संसद्मा पेश हुने आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटबारे पनि छलफल हुने बुझिएको छ ।
यसैगरी आजको बैठकले निलम्बनमा परेका एमाले नेतृ बिन्दा पाण्डे र उषाकिरण तिम्सेनाको निलम्बन फुकुवा गर्ने सम्भावना छ। उनीहरुले पार्टी हितविपरीत अभिव्यक्ति दिएको भन्दै गत पौषमा ६ महिनाका लागि जिम्मेवारी खोस्ने निर्णय भएको थियो।


