काठमाडौं । आज पनि देशका धेरै स्थानको मौसम बदली हुने जल तथा मौसम विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसीको झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर लगायतका जिल्लामा गएराति र मंगलबार बिहान वर्षा भएको हो।
त्यसैगरि मधेसको सप्तरी, सिराहा, धनुषा, महोत्तरी र बागमतीको सिन्धुली लगायतका जिल्लामा पनि वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोसी, मधेस र बागमती प्रदेशका केही जिल्लामा अहिले पनि मेघ गर्जन र चट्याङसहित पानी परिरहेको छ।


