काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले पार्टीभित्र छटपटाहटको स्थिति रहेको टिप्पणी गरेका छन्।
महामन्त्री थापाले सोमबार सुवास घिमिरेले लेखेको बीपी कोइरालाको जीवन कथामा आधारित पुस्तक सान्दाजुको लोकार्पण समारोहमा बोल्दै यस्तो टिप्पणी गरेका हुन् । उनले कांग्रेसभित्र अहिले उकुसमुकुस, गुनासो, असन्तुष्टि र छटपटाहट रहेको जिकिर गरे।
महामन्त्री थापाले सँगै कांग्रेसमा एउटा अवसर पनि रहेको बताए। उनले कांग्रेस अहिले संघ, प्रदेश र स्थानीय तहको सरकारमा रहेको र अब बन्ने प्रधानमन्त्री पनि कांग्रेसकै रहने स्पष्ट पारे।


