काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतान्त्रिक शक्तिबिचको सहकार्य अपरिहार्य रहेको बताएका छन् ।
गणतन्त्र दिवस २०८२ का अवसरमा आज शुभकामना दिँदै यस्तो बताएका हुन् ।
अध्यक्ष दाहालले गणतान्त्रिक सोच, शैली र आचरणको विकास गर्दै गणतान्त्रिक शक्तिबिचको बलियो एकता र सहकार्यका साथ जनताको अवस्था बदल्ने अभियानमा केन्द्रित हुन गणतन्त्र दिवसले प्रेरित गरोस् भनी कामना गरे ।


