काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकमा संशोधन गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविविध समितिअन्तर्गत बनेको उपसमितिले पेस गरेको सुझाव तथा प्रतिवेदन महासंघको आन्दोलन र विगतको सहमति विपरीत भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघले मंगलबार विज्ञप्ति जारी गरेर यस्तो चेतावनी दिएको हो ।
महासंघले अस्थायी प्रकृतिका शिक्षक ९राहत, अस्थायी र करार, साविक उमावि, सिकाइ अनदान, प्राविधिक धार र विशेष शिक्षा लगायत०का लागि प्रस्तावित आन्तरिक प्रतिस्पर्धाको प्रतिशत सहमतिबमोजिम नराखिएको जनाएको छ । यसमा अस्थायी–करार र सिकाइ अनुदान शिक्षकलाई छुटाइएको महासंघले जनाएको छ ।
त्यस्तै, स्थायी शिक्षकको आवधिक बढुवाका निम्ति प्रस्तावित अवधि सहमतिअनुसार नभएको, प्रस्तावित अवधिमै पनि सर्तहरू राखेर शिक्षकलाई बढुवा हुन नदिने प्रपञ्च मिलाइएको महासंघको ठहर छ ।


