काठमाडौं । आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ ।
संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।
यस्तै आज गृह मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्राल यसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले पूर्वाधार विकास समितिको प्रतिवेदनसहित जलस्रोत विधेयक, २०८१ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन, २०८०÷८१ सभा समक्ष पेस गर्नेछन्।
त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले चलचित्र विधेयक २०८१ सभा समक्ष पेस गर्नेछन्।


