काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। बैंकले आज तय गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १३६ रुपियाँ ३५ पैसा र बिक्रीदर १३६ रुपियाँ ९५ पैसा कायम भएको छ भने एक युरोपियन युरोको खरिददर १५३ रुपियाँ ६५ पैसा र बिक्रीदर १५४ रुपियाँ ३२ पैसा निर्धारण गरेको छ ।
यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १८२ रुपियाँ ४६ पैसा र बिक्रीदर १८३ रुपियाँ २६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६३ रुपियाँ ६६ पैसा र बिक्रीदर १६४ रुपियाँ ३८ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ९० पैसा र बिक्रीदर ८८ रुपियाँ २९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ७५ पैसा र बिक्रीदर ९८ रुपियाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपियाँ ३६ पैसा र बिक्रीदर १०५ रुपियाँ ८२ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ४१ पैसा र बिक्रीदर नौ रुपियाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९१ पैसा र बिक्रीदर १८ रुपियाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ३५ पैसा र बिक्रीदर ३६ रुपियाँ ५१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ४१ पैसा र बिक्रीदर ३७ रुपियाँ ५८ पैसा कायम भएको छ।


