काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विविध कारणले छुट्टिएका माओवादी घटकहरुलाई एकै ठाउँमा ल्याउने बताएका छन् । पूर्व प्रधानमन्त्री उनले विहीबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
प्रचण्डले आन्दोलन र क्रान्तिबाट मुलुकमा देखिएका समस्याहरूको समाधान गर्न तर्फ अग्रसर रहेको उल्लेख गरे। आफूहरूको आन्दोलन र क्रान्ति शान्तिपूर्ण हुने उल्लेख गर्दै उनले राज्यले बल प्रयोग गरेर दमन गर्न खोजे जनताको विद्रोहको अधिकारलाई कसैले रोक्न नसक्ने चेतावनी दिए ।
सरकारले सुशासनविरुद्ध र भ्रष्टाचारका पक्षमा गरेका कामलाई माओवादीले खबरदारी गरिरहेको उनले बताए ।


