काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
भेटमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम,संक्रमणकालीन न्यायलगायतका विषयमा छलफल भइरहेको जनाइएको छ। आजको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोलाइए पनि उनी सहभागी नभएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।


