काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हुम्लाका बाढीपहिरो प्रभावितलाई सुरक्षित बासको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।
पूर्व प्रधानमन्त्री उनले आफ्नो सामाजिक सञ्जालमार्फत यस्तो माग गरेका हुन् । उनले स्थानीय ३३ जना नागरिक राहत र उद्धारको पर्खाइमा रहेको र सरकारको उपस्थिति नभएको बताए।
उनीहरूले हिमताल फुटेर आएको पहिरोले जोखिम बढेको र जलवायु परिवर्तनको असरले हिमताल फुट्ने जोखिम बढिरहेको बताए।


