काठमाडौं । केही दिनदेखि लगातार ओरालो लाग्दै आएको सेयर बजार आज भने बढेको छ । आज धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १७.४४ अंकले बढेको हो ।
आज आठ अर्ब ५८ करोड ६० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
आज १४८ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, ९७ कम्पनीको सेयर मूल्य घटेको छ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सेयर मूल्य स्थिर छ ।
आज कारोबारमा आएका १३ मध्ये चार समूहको परिसूचक घटेको छ ।


