काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसकै नेता डा।शेखर कोइरालाले एमालेको भन्दा र राजावादीको प्रदर्शनमा धेरै मानिस रहेको टिप्पणी गरेका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले युवाहरूमा आएको नैराश्यताले गर्दा एमालेको भन्दा राजावादीको जुलुसमा धेरै मानिस सहभागी भएको बताएका हुन्।
उनले सरकारले गरेका गलत कामलाई गलत भन्न नसक्दा पनि समस्या आएको बताए। प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति उत्तेजित भएकैले आफूले गलत भनेको उनको भनाइ छ । उनले पार्टीको पदाधिकारी बैठकमा आफूले प्रधानमन्त्रीको अभिव्यक्तिबारे छलफल हुने सोचे पनि आफ्नोबारे चर्चा गरिएको प्रति आपत्ति जनाए ।


