काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र पक्षधरहरु एकजुट भएमा राजावादीहरु परास्त हुने बताएका छन् ।
पूर्व प्रधानमन्त्री उनले शनिबार नुवाकोटको सूर्यगढी गाउँपालिका-३ स्थित वागेश्वरी माध्यमिक विद्यालयको हीरक जयन्तीलाई सम्बोधन गर्दै अघिल्लो पटक आफू प्रधानमन्त्री हुँदा जोडबल गरेकै कारणले शिक्षा विधेयक संसदमा पेश भएको बताए ।
उनले शिक्षकहरूसँग भएको सहमतिअनुसार नै शिक्षा विधेयक पारित गर्नुपर्ने बताए । सरकारको नेतृत्वमा भएकाहरूले जनताको भावनालाई बुझेर काम नगर्दा जनतामा आक्रोश देखिएको उनको भनाइ छ ।
उनले नेपाली जनता पछि हटेर फेरि वंशवादी, नेपाललाई गरिब देश बनाउने, हत्या र बलात्कार गर्नेहरूले फेरि आएर देश बनाउँछन् भन्ने कुरामा कुनै सत्यता नभएको दाबी गरे ।


