काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा देखा परेका सबै समस्याको समाधान गर्न कांग्रेस सक्षम रहेको बताएका छन्।
उनले बुधबार पार्टीको दलित समुदाय समन्वय र सशक्तिकरण विभागले पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो जिकिर गरेका हुन् ।
सभापति देउवाले जातीय भेदभाव गर्ने व्यक्तिलाई कांग्रेसको सदस्य नरहने व्यवस्था वधिानमै रहेको बताए। ‘जातीय भेदभाव गर्ने व्यक्ति हाम्रो पार्टीको सदस्य नरहने व्यवस्था विधानमै गरेका छौँ। यसको कार्यान्वयन गर्न सबै तहका समितिहरूलाई अनुरोध गर्दछु,’ उनले भने।