काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राज्य सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशता भएको टिप्पणी गरेका छन् ।
सरकार कुशासनको दुश्चक्रमा फसेको आरोप लागिरहँदा सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति अनुदार देखिएको उनले बताए ।
कोइरालाले सामाजिक सञ्जालमा सरकारलाई चेतावनीको शैलीमा भनेका छन्, ‘सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशता बाहेक अरू केही हुनै सक्दैन ।’
अर्कोतर्फ, अदालतले केही सञ्चार माध्यमममा प्रकाशित समाचार हटाउन समेत आदेश दिएको छ ।