काठमाडौं । यूएई जाने नेपाली श्रमिकको नयाँ तलब निर्धारण गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उनीहरुको तलबमान तय गरेको हो ।
मन्त्री शरतसिंह भण्डारीले सरकारले बजारको अवस्था हरेर तलब निर्धारण गरेको जानकारी दिँदै यूएईस्थित दूतावासको सुझावमा न्यूनतम तलब एक हजार हुनुपर्ने प्रस्तावलाई परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयको सहमतिमा मन्त्रीस्तरीय निर्णय गरिएको बताए । उनले तोकिएको नयाँ तलब नदिने रोजगारदाताले नेपाली श्रमिक लैजान नपाउने बताए ।