काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समितिबाट पारित भएर गएको विधेयक फुल हाउसमा पुग्दा चलखेल हुने गरेको आरोप लगाएका छन् ।
“विधेयक सहमति वा मतदानमार्फत समितिबाट पारित गर्छौं । पारित गरेका विधेयकका प्रस्तावमा फुल हाउमा पुग्दा चलखेल हुने गरेका छन्,” उनले भने, “कार्यसूचीमा चढेर हटाउँदा चिन्ता बढेको छ । संघीय निजामती विधेयक धेरै मिहिनेत गरेर सदन पुर्याएको हो ।”
उनले निजामती र विद्यालय शिक्षा विधेयकमा छेडखानी नगर्न आग्रह गरे ।


