काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पतञ्जलि जग्गा प्रकरणमा आफूमाथि राजनीतिक प्रतिशोधका कारण मुद्दा लगाइएको आरोप लगाएका छन् । उनले शुक्रबार बसेको छैटौँ सचिवालय बैठकमा यस्तो धारणा राखेका हुन् ।
पार्टी सचिव सोमप्रसाद पाण्डेले बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालमाथि लगाइएको मुद्दा कानुनी नभई राजनीतिक हो भन्ने निष्कर्षमा पार्टी पुगेको जानकारी दिए ।
बैठकमा नेपालले अध्यक्ष पद छोड्नु पर्नेबारे कुनै प्रसंग नै नउठेको उनले बताए ।


