काठमाडौं । सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच संसद खुलाउन दुई बुँदे सहमति भएको छ।
भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनका लागि माग गरेमा सरकारले त्यसका लागि सहयोग गर्ने र नीतिगत सुधारका लागि पहल गर्ने सहमति उनीहरूबीच भएको हो। सहमति पत्रमा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले हस्ताक्षर गरेका छन्।


