काठमाडौं । कर्णाली विकास बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्रवीर राय पक्राउ परेका छन्। २ अर्ब ५० करोडभन्दा धेरै रकम हिनामिना गरी फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रुपन्देहीबाट पक्राउ गरेको हो।
सल्यान घर भएका राय हाल बाँकेको नेपालगन्ज महानगरपालिका वडा नम्बर २० मा बस्दै आएका थिए।
करोडौँ रुपैयाँ हिनामिना भएपछि नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरी नियन्त्रणमा लिएको छ।


