काठमाडौं । अहिले काठमाडौं उपत्यका लगायत कोशी,मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्का वर्षा भइरहेको जल तथा मौसम विभागले जनाएको छ । ।
आज दिउँसो पनि कोशी, बागमती र गण्डकीका एकरदुई ठाउँमा भेलबाढी आउनेगरी ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।


