काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका विश्वविद्यालयबाट दीक्षित विद्यार्थीहरुले संसारको जुनसुकै विश्वविद्यालयमा गएर प्रतिस्पर्धा गर्न सक्ने विश्वास व्यक्त गरेका छन् ।
उनले मंगलबार जनकपुरमा राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विद्वान पुर्खाका सन्तान भएकाले नेपाली विद्यार्थीको ‘जेनेटिक पावर’ सशक्त रहेको बताए।
प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीलाई मेहनत गरेमा सफलता हात लाग्ने र रुचिको विषय पढ्ने अवसर प्राप्त भएमा हरेक विद्यार्थीले आफूभित्रको सम्भाव्यता प्रस्फुटित गराउने सक्ने बताए ।


