काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली स्पेन प्रस्थान गरेका छन् ।
उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार साँझ संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन स्पेन प्रस्थान गरेका हुन् ।
स्पेन भ्रमणका अवसरमा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।त्यस्तै प्रधानमन्त्री ओलीले स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट र स्पेनका समकक्षी सान्चेजसँग भेटवार्ता गर्ने छन् भने विश्वका अन्य मुलुकका नेताहरूसँग ‘साइडलाइन’ भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


