काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख सचेतकसँग छलफल गर्ने भएका छन् ।
बिहान ९ बजे सिंहदरबारमा बस्ने बैठकमा संसदको क्यालेन्डरलगायतका विषयमा छलफल हुने बताइएको छ । बैठकमा प्रमुख दलका प्रमुख सचेतक सहभागी हुनेछन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै विपक्षी केही दलले संसद अबरोध गर्दै आएका कारण बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन ।


