काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको बजेट आफूलाई चित्त नबुझेको बताएका छन् ।
पूर्व प्रधानमन्त्री उनले मंगलबार नेपाली कांग्रेस केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा यस्तो असन्तुष्टि ब्यक्त गरेका हुन् ।
उनले नेपाल–भारतको खुला सीमाका कारण तस्करी हुने गरेको भन्दै कडाइ गर्न जरुरी रहेको धारणा राखे । सभापति देउवाले सुनको आयातलाई पूर्णरुपमा खुला गरे लुकीछिपी ल्याउने काम बन्द हुने उल्लेख गरे । उनले भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक आयोग विद्यमान रहेकाले यसलाई प्रभावकारी बनाएर भ्रष्टाचार न्यूनीकरण गर्नुपर्ने धारणा राखे ।


