काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले नेता बिन्दा पाण्डे र उषाकिरण तिम्सेनाको निलम्बन फुकुवा गरेको छ।
आज पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
नेकपा एमालेको पार्टी कार्यालय बनाउन भाटभटेनीका सञ्चालक मीनबहादु गुरुङबाट दान लिने निर्णयको आलोचना गरेपछि गत पुस १० गते पाण्डे र उषाकिरण तिम्सेनाको जिम्मेवारी ६ महिनाका लागि खोसिएको थियो।


