काठमाडौं । नेकपा ९माओवादी केन्द्र०का प्रमुख सचेतक हितराज पाण्डेले सरकार भिजिट भिसा प्रकरणमा छानबिनका लागि तयार नभएसम्म संसद् नखुल्ने बताएका छन्।
बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भिजिट भिसा प्रकरणमा विभिन्न एजेन्सीहरुको समेत संलग्नता देखिएको उल्लेख गर्दै छानबिनका लागि सरकार तयार हुनुपर्ने बताए। अख्तियारले केही कर्मचारीमाथि छानबिन गरिरहेको भएपनि मानव तस्करीको व्यापक सञ्जालबारे उच्चस्तरीय छानविन हुनुपर्ने उनको भनाइ छ।


