काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनपर्ने अडान राख्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सोमबारको प्रतिनिधिसभाको बैठक सुरुमै बहिस्कार गरेका छन्।
यसअघि सत्ता पक्षका सांसद बोल्दा मात्रै बैठकबाट बाहिरिने गरेका रास्वपा सांसद आज पनि सभामुखले बैठक सुरु गरे लगत्तै आफ्नो भनाइ राखेर बाहिरिएका हुन्।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै रास्वपाले जेठ १३ गतेदेखि निरन्तर संसद् अवरोध र बहिस्कार गरिरहेको छ।


