काठमाडौं । आज संसद दिवस मनाइँदै छ । मुलुकमा पहिलोपटक जननिर्वाचित संसद बैठक बसेको दिनको स्मरणमा आज यो दिवस बनाउन लागिएको हो ।
देशमा प्रजातन्त्र स्थापना भएपछि २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसदको पहिलो बैठक २०१६ साल असार १६ गते बसेको थियो ।
संसद स्थापनाको स्मरण गर्दै आज सङ्घीय संसद् र परामर्शदातृ संस्था पूर्वसांसद मञ्चले विविध कार्यक्रम आयोजना गर्दै छन् ।


