काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सभामुखले तटस्थ भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएको छ । उक्त प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आइतबार संघीय संसद् भवनमा र सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो आरोप लगाएका हुन् ।
उनले संसद् र सभामुख स्वयं बिचौलियाको पक्षमा उभिएपछि संसद् बहिष्कार गर्नुपरेको बताए। उनले भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपाले विरोध जनाइरहँदा सभामुखले बेवास्ता गर्दै संसद् चलाएको बताए।
उनले एकजना सांसदले विरोध जनाउँदा संसद् चलन नसक्ने नियमावली रहे पनि सभामुखले नियमावलीविरुद्ध संसद् चलाएको बताए।


