काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरु नयाँ सिर्जनामा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।
प्रधानमन्त्री ओलीले बागबजारस्थित ‘आइडिया स्टुडियो’मा आयोजित ‘नवप्रवर्तक युवाहरूसँग प्रधानमन्त्री’ कार्यक्रममा आफू पहिलो पटक प्रधानमन्त्री हुँदा शिक्षामा जनशक्ति प्रक्षेपणको नीति तर्जुमाका लागि अध्ययन गराएको स्मरण गर्दै आगामी आर्थिक वर्षको बजेटमा ‘जेन्जी’ पुस्ता र ‘स्टार्टअप’का कार्यक्रमलाई उच्च महत्त्व दिइएको बताए।
प्रधानमन्त्री ओलीले युवाहरूले रचनात्मकतामा निरन्तरता दिनुपर्नेमा जोड दिँदै सुरङमार्ग, जलमार्गजस्ता पूर्वाधार विकासमा भइरहेकाले सरकार र सबै क्षेत्रको सत्प्रयासबाट मुलुकको समृद्धि हासिल हुने बताए।


