काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनमा विचलन आएको स्वीकार गरेका छन्। पूर्व प्रधानमन्त्री उनले शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा यस्तो टिप्पणी गरेका हुन् ।
कम्युनिष्ट पार्टी स्थापना भएर अघि जाँदै गर्दा जुन आदर्शको निम्ति र जुन समर्पण भावको साथ त्याग, तपस्याद्वारा जनताको सेवा गर्ने र वर्गको मुक्तिको लागि आफूलाई सम्पूर्ण रुपले समर्पित गर्ने प्रतिवद्धता व्यक्त भएको थियो, त्यसनुसार अहिलेका आन्दोलन अघि बढ्न नसकेको प्रचण्डको बुझाइ छ। अहिले सबैतिर पद र व्यक्तिगत स्वार्थका निम्ति तँछाडमछाड भइरहेको उनले बताए।
‘


