काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री स्व। गिरिजाप्रसाद कोइरालाले हिम्मत गरेकै कारण देशमा गणतन्त्र आएको दावी गरेका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले शनिबार जय नेपाल फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा यस्तो दावी गरेका हुन् ।
‘गिरिजाबाबु धेरै लडाकु व्यक्ति हो । उहाँ नभएको भए गणतन्त्र आउने थिएन । त्यस्तो आँटिलो व्यक्ति हो,’ सभापति देउवाले भने, ‘हिम्मत भएको व्यक्ति हो । त्यो बेला मान्छेहरूले गणतन्त्र ल्याउनुपर्छ भनेर सोच्न पनि सक्दैन थिए । उहाँले हिम्मत गर्नुभएकै हो ।’