काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीका नेताहरुमा अनुशासन नभएको टिप्प्णी गरेका छन् । उनले आज केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो धारणा राखेका हुन् ।
सत्ता समीकरणमा विभिन्न खाले परीक्षण भइसकेको बताउँदै महतले गठबन्धन भन्ने बित्तिकै सबैकुरा आफूले भनेको जस्तो नहुने जिकिर गरे। ‘गठबन्धनको बारेमा त समग्रमा अब धेरै विकल्प हामीसँग छैन, कसैको बहुमत छैन,’ उनले भने, ‘विभिन्न खाले परीक्षण भइसक्यो सत्ता समीकरणको। गठबन्धन भन्ने बित्तिकै सबैकुरा आफूले भनेको जस्तो हुँदैन। त्यो कुरा साथीहरुले बुझ्नुभएको छ।’
तर, सरकारमा गएका मन्त्रीहरुले राम्रो काम गनुपर्छ भन्ने रहेको महतले बताए।


