काठमाडौं । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्ला जिल्ला आजदेखि राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरअन्तर्गत खार्पुनाथ गाउँपालिका-५ को च्वाखोला नदीमा निर्माण भएको बेलिब्रिजको उद्घाटन गरेसँगै हुम्ला जिल्ला सडक सञ्जालमा जोडिएको हो।
प्रधानमन्त्रीसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल लगायतको सहभागिता रहेको थियो।


