काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति रानिल विक्रमसिंघे पक्राउ परेका छन् । प्रहरीले ७६ वर्षीय विक्रमसिंघे सरकारी कोष दुरुपयोगको आरोपमा पक्राउ परेका हुन् ।
उनलाई आपराधिक अनुसन्धान विभाग (सीआईडी) ले पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सरकारी अनुसन्धान अधिकारीहरुले सन् २०२३ मा लन्डनस्थित युनिभर्सिटी अफ उल्भरह्याम्प्टनमा प्रोफेसर समेत रहेकी श्रीमती मैथ्री विक्रमासिंघेको दिक्षान्त समारोहमा भाग लिन जादा सरकारी कोषको दुरुपयोग गरेर भ्रमण खर्च गरेको आरोप उनीलाई लागेको छ ।


