काठमाडौं । सरकारले भक्तपुर र काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले काभ्रेपलाञ्चोकका सीडीओ रमेश ढकाल र भक्तपुरका प्रजिअ भरतमणि पाण्डेको सरुवा गरेको हो ।
ढकाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीमा कामकाजका लागि खटाइएको छ । उनी गत कार्तिक १२ गतदेखि काभ्रेको प्रजिअको जिम्मेवारीमा थिए ।
यसैगरी भक्तपुरमा यही असार महिनामा मात्रै सीडीओ बनेर गएका भरतमणि पाण्डेलाई अर्थ मन्त्रालय लगिएको छ । उनलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विश्वास गरेर मन्त्रालय ल्याएका हुन् । अर्थ मन्त्रालयमा ३ जना सहसचिवको दरबन्दी रिक्त थियो ।


