काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको कार्यतालिका आज सार्वजनिक भएको छ।
आगामी भदौ १४ गते शाङ्घाई सहयोग संगठन शिखर सम्मेलनमा सहभागिता हुन चीन जान लागेका प्रधानमन्त्रीको भ्रमण तालिका आज परराष्ट्र मन्त्रालयले सार्वजनिक भएको हो।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति जिनपिङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। १६ गते शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै विभिन्न राष्ट्रका नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
ओली नेतृत्वको प्रतिनिधिमण्डलमा श्रीमती राधिका शाक्यसहित शिक्षा मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मासहित उच्चपदस्थ सरकारी अधिकारीहरू रहने मन्त्रालयले जनाएको छ ।


